नवलपुरमा ३० हजार बढी बालबालिकालाई भिटामिन ए खुवाइयो

112












नवलपुर । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते देशभरका ५० लाख २५ हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईएको छ ।

बालबालिकालाई बैशाख ६ गते र छुटेका बालबालिकालाई बैशाख ७ गते खुवाईएको हो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली नवलपुरको २०१७–१८ को तथ्यांक अनुसार नवलपुरमा भिटामिन ‘ए’ खाने ६ महिना देखि ५ बर्ष मुनिका बालबालिका कुल अनुमानित ३० हजार ४ सय ४ र जुकाको औषधी


खाने १ बर्ष देखि ५ बर्ष मुनिका बालबालिका कुल अनुमानित २६ हजार ४ सय ५० रहेका छन् भने देवचुली नगरपालिकामा भिटामिन ‘ए’ खाने ४ हजार १ सय ७९ र जुकाको औषधी खाने ३ हजार २ सय ९९ बालबालिका रहेका छन् । भिटामिन ‘ए’ कार्यक्रममा बालबालिकाको पोषण अवस्थाको बारेमा जानकारी लिन पाखुराको नाप समेत लिईएको थियो ।

पाखुराको नाप रातो, पहेलो र हरियो रङले छुट्याइएको थियो । रातो रङले बालबालिकामा स्वास्थ्य समस्या रहेको, पहेंलो रङले बालबालिकामा पोषणको कमी रहेको र हरियो रङले बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँछ। रातो रङ भएका बालबालिकाहरुका अभिभावकलाई स्वास्थ्य स्वयमसेविकाहरुले थप उपचारको लागि र पोषणको बारेमा जानकारी गराएका थिए ।

भिटामिन ‘ए’ ले बालबालिकामा हुने रक्तअल्पतालाई कम गर्दछ । देशभरका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या रहेको छ । साथै भिटामिन ‘ए’ ले बालबालिकामा रोगसँग लड्न सक्ने २५ प्रतिशत क्षमताबृद्धि गर्दछ ।

यस्तै भिटामिन ‘ए’ बालबालिकालाई नियमित खुवाउँदा बालबालिकामा हुने मुत्युदरमा २५ प्रतिशत कम हुने अपेक्षा गरिएको छ । साथै बालबालिकालाई

कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन भिटामिन

‘ए’ को निकै ठूलो भूमिका हुन्छ ।

बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी पनि खुवाईएको थियो। जुकाको औषधीले बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्दछ। जसले गर्दा बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति कमि हुने र बिभिन्न रोग लाग्न सक्ने हुन्छ । बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बालभिटा पनि वितरण गरिएको छ ।

देवचुलीमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनको लागि ४१ स्वयम्सेविका खटाईएको थियो । नवलपुर जिल्लामा भने भिटामिन ‘ए’ कार्यक्रमलाई सहज बनाउन एक्सन अगेन्स्ट हंगरले स्वयम्सेविकाहरुलाई कैंची वितरण गरि सहयोग गरेको थियो । कैंची प्राप्त गरेपछि स्वयम्सेविकाहरुले भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सजिलो भएको प्रतिक्रिया दिएका थिए ।



You might also like
Loading...