श्रीलङ्का आक्रमण: न्याश्नल तौहिद जमातले विस्फोट गराएको सरकारको दावी
श्रीलङ्कामा झन्डै तीन सय जनाको मृत्यु हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटन न्याश्नल तौहिद जमात नाम गरेको जिहादी समूहले गराएको आरोप सरकारले लगाएको छ।
तर आइतवार गिर्जाघर र होटलहरूमा भएका आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन।
सरकारी पक्षले आरोप लगाएपछि निकै कम नाम सुनिएको सो समूह के हो र कसले सञ्चालन गर्छ भन्ने प्रश्न उठेका छन्।
आइतवार इसाईहरूले इस्टर पर्व मनाइरहँदा देशका विभिन्न स्थानमा शक्तिशाली विस्फोटनहरू भएका थिए।
श्रीलंकामा चर्च र होटल लक्षित शृंखलाबद्ध बम बिस्फोटमा २०७ जनाको मृत्यु
श्रीलङ्का सरकारका प्रवक्ताले पहिलो चोटि न्याश्नल तौहिद जमातबारे सोमवार उल्लेख गरेका थिए। त्यतिबेलासम्म अधिकांश श्रीलङ्कालीले उक्त समूहको नामै सुनेका थिएनन्।