एकैदिन २ जनाको हत्या गर्ने चौधरी पक्राउ


दाङ । एकैदिन दुईजना व्यक्तिको हत्या गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका ७ जवरपुर निवासी ४६ बर्षीय देशु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको हो । उनले घोराही उपमहानगरपालिका वडा नंं. ७ जवरपुर निवासी लवध्वज शाही र धुर्वध्वज शाहीलाई हत्या ठहर गरी २० बर्ष जेल सजाय सुनाएको थियो ।
चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।







सम्बन्धित
Loading...