‘पासाङ ल्हामु संसारकै साहसी महिला’

133







काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा संसारकै सबैभन्दा साहसी र प्रेरणाकी स्रोत भएको बताएका छन् ।  पासाङ ल्हामुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको स्मृतिमा राजधानीको चुच्चेपाटीमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङ ल्हामु संसारकै साहसी महिला भएको बताएका हुन् । पासाङ ल्हामुको साहस अनुशरण गर्न लायक भएको उल्लेखसमेत उनले गरे ।


You might also like
Loading...