सडक निर्माण शुरू


कावासाेती। डण्डा कोल्हुवा सडक अन्तरगतको मध्यबिन्दु नगरपालिका वडा न ३ को कावासोती १७ को सिमानादेखी ५७५ मिटर सडक निर्माण कार्य सुरु भएको छ ।




तराई मधेश सम्वृद्धि कार्यक्रम अन्तरगतको ४० लाख र स्थानीय जनश्रमदान ४ लाख गरी ४४ लाख लागतमा सडक निर्माणको कार्य अगाडि बढाईएको हो । सडकको चौडाई ७ मिटर र उचाई ३ सेन्टिमीटर बनाईने सडक निर्माण समितिका अध्यक्ष बद्रीनाथ नेपालले बताए।

हिउदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुने सो सडकको निर्माणपछि बर्षोदेखि हैरानी बेहोदै आएका यस क्षेत्रका बासिन्दालाई धेरै राहात हुने स्थानीय बाटो निर्माण समितिका सचिव मान बहादुर महतोले बताए।







सम्बन्धित
Loading...