पाल्पामा भुकम्पको पुननिर्माण सुस्त
नेपालमा पछिल्लो विनाशकारी भुकम्प गएको चार वर्ष पुरा भएको छ २०७२ साल बैशाख १२ गतेको महाभुकम्पको चपेटामा पाल्पामा पनि परेको थियो तर जिल्लाको नीजि आवास पुननिर्माणले भने अझै गति लिन सकेको छैन ।
पाल्पाका भुकम्प पीडितले विनाशनकारी भुकम्पको चार वर्ष न हिउँद न वर्ष भनि कटाई सकेका छन । भुकम्पले घरबार विहिन बनेका केही पीडितले जसोतसो घर निर्माण गरेका छन तर उनिहरुले भने अहिलेसम्म पहिलो किस्ता बाहेक अन्य कुनै पनि किस्ता पाउन सकेका छैनन् । उनीहरुले इन्जिनियरकै वेवास्ताका कारण दोस्रो किस्ता पाउन नसकेको गुनासो गरेको छन्।
२०७२ वैशाख १२ र २९ को भुकम्पले पाल्पाको १० वटै स्थानीय तहमा विभिन्न स्थानमा क्षति पुगेको थियो भने साविकको कोल्डाँडा, चिदिपानि, सहलकोट, बराङ्गदी, तानसेन, रैनादेवि, रिब्दीकोटमा बढि क्षति पुगेको थियो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले १ इन्जिनियर, १ ओभरसियर र २ जना सवओवरसियर खटाएको भए पनि ऋणधन गरेर त्रिपालबाट उन्मुत्ति पाएका पाल्पाको वगनासकालि गाउँपालिकाका भुकम्प पीडित इन्जिनियरले फाईल अघि नसारी दिदा अहिलेसम्म पनि दोस्रो किस्ता वापतको रकम पाउनबाट बञ्चित रहेको भुकम्प पिडित विष्णु घिमिरेले बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्लाको १० हजार भन्दा बढी घरको तथ्याङ्क संकलन गरी ४ हजार ६ सय ५२ घर पुननिर्माणका लागि छनौट गरेको छ । बगनासकालि गाउँपालिकामा कुल ५७१ जना भुकम्प प्रभावित छन जस मध्ये ५०५ जनाले पहिलो किस्ता भएका छन भने दोस्रो २२६ र तेस्रो १३५ जनाले पाएको सव इन्जिनियर बैद्यनाथ यादवले बताए ।
इन्जिनियरको चरम लापरबाहीकै कारण पुननिर्माणले गति नलिएको बगनासकालि गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।