नेपाल एसीसी यू–१६ काे समूह विजेता

129












डिफेन्डिङ च्याम्पियन नेपाल एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगिताको समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी खेलमा नेपाल एक खेलअगावै सेमिफाइलनमा प्रवेश गरेको हो । बिहीबार घरेलु टोली थाइल्यान्डसँग अंक बाँडे पनि नेपाल अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो ।

बिहीबार वर्षाका कारण नेपाल र घरेलु टोली थाइल्यान्डबीचको खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडे । नेपालले ३ खेलमध्ये २ मा जित र १ मा बराबरीका साथ ५ अंक जोड्यो । नेपाल रहेको समूहबाट मलेसियाले ४ अंक जोडेर सेमिफाइनलमा स्थान बनाउन सफल भयो । अर्काे समूहबाट सिंगापुर र हङकङ समूह विजेता र उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो ।


अब नेपालले सेमिफाइनलमा शनिबार समूह ‘बी’को उपविजेता हङकङसँग खेल्नेछ । सोही दिन सिंगापुर र मलेसियाबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

त्यसअघि थाइल्यान्डको चियाङमाईस्थित प्रेम इन्टरनेसनल स्कुलको मैदानमा २३५ रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १.५ ओभरमा शून्यमा १ विकेट गुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका प्रशान्त महतले आफ्नो पहिलो ओभरको पाँचौ बलमा ओपनर चावाटचाईलाई शून्यमा पेभेलियन फर्काएका थिए ।

टस जितेर ब्याटिङ गरेको नेपाली यू–१६ टोलीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २३४ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि आईस भट्टराईले अर्धशतक प्रहार गरे । उनले ७३ बलमा ९ चौकासहित ५८ रनको योगदान दिए ।ठ



You might also like
Loading...