जिउँदै शरीरमा आगो लगाइएकी कञ्चनको मृत्यु


अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ ।




काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो ।

तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो ।


उनको उपचारकै क्रममा दिउँसो ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

कतिपयले कञ्चनलाई श्रीमानले आगो लगाएको आरोप लगाएका छन् । तर उनका पति घरमा भए/नभएकै बिषयमा अन्यौल छ । स्थानीयको कुरालाई मान्ने हो भने पछिल्लो तीन महिनायता उनका पति बेचु भारतको अहमदावादमा श्रम गर्न गएका छन् ।

तर उनी नेपाल आएको हुन सक्ने प्रहरीको आशंका छ । डिएसपी खनालले भने, “उनी अहमदावादमै रहेको कुरालाई मान्न तत्काल तयार छैनौं, र त्यसैलाई आधार बनाएर अनुसन्धान थालेका छौं ।’

ज्युँदै जलाएर मार्ने प्रयास

डीएसपी खनालका अनुसार सादा पोशाकका सुरक्षाकर्मीहरु परिचालन गरी सुक्ष्म तरिकाको अनुसन्धान थालिएको छ । उनले आगो लागेकी कञ्चनसँग संक्षिप्त कुरा पनि गरेका थिए । त्यस क्रममा कञ्चनले घरमा लामो समयदेखि घरेलु हिंसा भोगिरहेको सुनाएको डिएसपी खनालको भनाइ छ । ‘उनले बयानका क्रममा अरु कुरा भनेकी छन्’ डिएसपी खनालले भने, ‘हामी उनको कुरालाई मध्यनजर गर्दै पनि अनुसन्धान प्रकृया थालेका छौं ।’

उनकी सासु सुरजीदेवीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । कञ्चनको उपचार गराउन उनका बुवा, माइजु र एक जना आफन्तसहित तीन जना काठमाडौं पुगेका छन् । कञ्चनकी छोरी पनि उनीसँगै गएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...