गैडाकोटमा बालमैत्री अभिमुखीकरण तथा प्रतिबद्धता

563












गैंडाकोट । बालमैत्री वडा बनाउने उद्धेश्यले बालमैत्री स्थानीय शासन अवलम्वन र कार्यान्वयन गर्न सरोकारहरुका लागि अभिमूखिकरण तथा प्रतिबद्धता कार्यक्रम गैंडाकोट ११ मा सम्पन्न गरिएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. ११ को सहजिकरणमा सो कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा प्रतिनिधिमुलक रुपमा वडा भित्रका ६६ जनाले प्रतिबद्धता व्यक्त गरेका छन् ।


विक्रम संवत २०७६ कार्तिक मसान्त सम्म वडालाई बालमैत्री घोषणा गर्न वडाका जनप्रतिनिधि, वडावासी सहित सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागि रहेका सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएका हुन् ।

शुक्रबार आयोजित अभिमुखिकरणका क्रममा बालमैत्री अभियन्ता दिपक शर्माले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा स्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिले धारणा राखेका थिए ।

सोहीक्रममा मुकुन्दपुर खानेपानी संस्थाका अध्यक्ष शेषकान्त देवकोटा, भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेल, पितौजीघाट स्वास्थ्य चौकीका इन्चार्ज यमबहादुर क्षेत्रीलगायतका अतिथिहरुले बालमैत्री अभियानबारे धारणा समेत व्यक्त गर्नुभएको थियो ।



You might also like
Loading...