हुम्लामा अज्ञात रोगले नौ को मृत्यु

117












हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगले नौ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी बिरामी परेका छन् ।
मृत्यु हुनेमा सुरजित खड्का, रंग्या कोली, लक्ष्य सुनार, बजि¥या सुनार, अम्मकली मल्ल, कुसुम रिठाल, अनिता सुनार र नौ महिने बालकलगायत छन् ।

ज्वरो आउने, वाक्वाक् लाग्ने, दम बढ्नेजस्तो लक्षण देखा पर्ने र पछि ज्यानै लिने गरेको सो गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । अध्यक्ष मल्लले आइतबार हेलिकोप्टरमा औषधिसहित डाक्टर टोली लिएर काठमाडौंबाट हुम्ला जाने तयारीमा आफू रहेको बताए ।
ताँजाकोटमा अज्ञात रोगले ज्यानै जान थालेपछि ससमा जोडिएको बाजुराको हिमाली गाउँपालिकामा सतर्कता अपनाइएको छ ।




You might also like
Loading...