मुख्यमन्त्री पोखरेल र पाकिस्तानका राजदुतबीच भेटवार्ता

137












बुटवल । माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आइतबार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताए । मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गरे ।
राजदूत जावेदले दुई मुलुकको लामो कुटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजवुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए । मुख्यमन्त्रीले सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउन सकिने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन् ।



You might also like
Loading...