बैंग्लोरलाई हराउँदै दिल्ली प्लेअफमा, सन्दिपले विकेट लिन सकेनन्

162












दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

दिल्लीले आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै सन् २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुगेको हो । हारपछि बैंग्लोरको प्लेअफमा पुग्ने झिनो गणितीय सम्भावना बाँकी रहेपनि अब चमत्कार भएमात्रै प्लेअफमा पुग्नेछ ।


दिल्ली १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा ८ अंक जोडेको बैंग्लोर तालिकाको अन्तिममा छ ।

दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले राम्रो सुरुवात गरेपनि जित हात पार्न सकेन । बैंग्लोरलृ १ सय ७१ रनमात्रै बनाउन सक्यो । बैंग्लोरका लागि पार्थिव पटेलले ३९, मार्कस स्टोइनिसले ३२, गुरकिरत सिंहले २७, शिवराम दुवेले २४, विराट कोहलीले २३ रन बनाए ।

बैंग्लोरलाई हराउनका लागि दिल्लीका लागि कासिगो रबाडा र अमित मिश्राले २–२ विकेट लिए । बैंग्लोरविरुद्धको खेलमा मौका पाएका सन्दिप लामिछानेले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तीन ओभर बलिङ गरेका सन्दिपले ३६ रन दिएपनि विकेट लिन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि श्रेयस अय्यरले ५२, शिखर धवनले ५० सेरफेन रदरफोर्डले २८ रन बनाए ।



You might also like
Loading...