श्रीलङ्का आक्रमणको एक सातापछि अनुहार छोप्ने पहिरन प्रतिबन्ध


अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ।




उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरू प्रति लक्षित रहेको देखिएको छ।

अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्।




श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।




सम्बन्धित
Loading...