वडाअध्यक्ष नै घुस लिँदै गर्दा समातिए

130












सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान रंगेहात पक्राउ परेका छन् ।

काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्रेको हो ।


मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।



You might also like
Loading...