मुख्यमन्त्री लक्षित गरि राेल्पामा विस्फाेट

144












दाङ,  १६ बैशाख । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल रोल्पामा हुने कार्यक्रममा जाँदै गर्दा मुख्यमन्त्री लक्षित गरि राेल्पामा विस्फाेट भएकाे छ।

विप्लवका कार्यकर्ताले बम पड्काएर प्रतिकात्मक विरोध जनाएका छन् ।


नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेल सोमवार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा आयोजित जनप्रतिनिधिसंग अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्न भन्दै प्रमुख बक्ताको रुपमा रोल्पा पुगेका हुन ।

पोखरेल लिवाङ पुग्दै गर्दा दिउँसो २ बजेतिर विप्लवका कार्यकर्ताले विरोध स्वरुप बम विस्फोट गराएका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काले बनमा कतै बम विस्फोट भएको आवाज आएको जानकारी दिए । तर रोल्पाका एकजना पत्रकारले भने बम विस्फोटको आवाज सदरमुकाम लिवाङ सम्म जोडले सुनिदा सर्वसाधारण त्रसिद बनेको जानकारी दिए ।
डिएसपी खड्काका अनुसार सदरमुकाम लिबाङको वडा नं. ४ स्थित तित्रीकोट जंगलमा बम विस्फोट गराइएको थियो ।

प्रहरी घटनास्थल पुगेर आइ सकेको र त्यहाँ सामान्ने सुतली बम विस्फोट गराएको देखिएको प्रहरीले बताएको छ ।

मुख्य मन्त्री झन्डै ८/१० किलोमिटर टाढा रहेको समयमा बम विस्फोटको आवाज आएको प्रहरीले जानकारी दिएको छ ।

विप्लवका स्थानीय एक नेताले प्रतिकरात्मक रूपमा विस्फाेट गराएकाे बताएका छन् ।



You might also like
Loading...