पाल्पामा जिप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु


पाल्पा,१६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेको चारघरेमा आज भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।



निस्दी गाउँपालिकाकै वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो । दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिए।

दुर्घटनामा सोही जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी, ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन् ।




दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ । स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको छ । प्रहरी उपरीक्षक विश्वमणी पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी मित्यालबाट उद्दारका लागि खटिएका छन् । दुर्घटनाकाे कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...