लोकसभा निर्वाचन: काश्मीरका ९० प्रतिशत मतदाताद्वारा मतदान बहिस्कार

749








नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत सोमबार भएको मतदानमा काश्मीरका अधिकांश जनताले मतदान बहिस्कार गरेका छन् ।

काश्मीरको एक विधानसभा सिटका लागि भएको मतदानमा ९.९८ प्रतिशत मात्रै भोट खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
सोमबार विभिन्न ९ वटा राज्यका ७१ लोकसभा सिटका लागि मतदान सम्पन्न भएको छ ।




महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३–१३, पश्चिम बंगालका ८, मध्य प्रदेश र उडिसाका ६–६ सिट, बिहारका ५, झारखण्डका ३ र जम्मू कश्मिरको एक सिटमा मतदान भएको हो ।

चौथो चरणको यो निर्वाचनमा सबैभन्दा बढी पश्चिम बंगालका जनताले मतदानमा भाग लिएका छन् । पश्चिम बंगालमा ७६.१४ प्रतिशत मतदाताले मतदानमा भाग दिएका छन् । सबैभन्दा कम जम्मू–काश्मीरमा ९.९८ प्रतिशत मतदाताले मात्रै मतदानमा भाग लिए ।

सन् २०१६ देखि निरन्तर अशान्त रहँदै आएको जम्मू–कश्मीरमा यसअघि पनि ठूलो संख्यामा जनताले मतदान बहिस्कार गर्दै आएका थिए । यसपटकको निर्वाचनमा पनि अति कम मतदाताले मात्रै मतदानमा भाग लिएका छन् भने बहुसंख्यक जनताको रुची यो निर्वाचनमा देखिएन ।

भारत निर्वाचन: नौ राज्यमा चौथो चरणको मतदान सम्पन्न



You might also like
Loading...