दुर्घटना न्यूनिकरणको लागि ठाउंको ठांउ सुधार


परासी । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप दुर्घटना न्यूनिकरणको लागि ठाउंको ठांउ सुधार नामक ट्राफिक सचेतना सप्ताह २०७६ूको चौथो दिन आज सदरमुकाम परासी स्थित रामग्राम चोकमा प्रदर्शन गरिएको छ।
स्थानीय, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, यातायात व्यवसायी, सवारी चालक, सहचालक, सडक प्रयोगकर्ताहरुको उपस्थितीमा ट्राफिक सचेतना कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षकराजेन्द्र प्रसाद भट्टले सवारी दुर्घटनाका कारण र बच्ने उपाय,सडकको सहि प्रयोग, दुर्घटना न्युनिकरणका लागि आमसडक प्रयोगकर्ताको भुमिका तथा ट्राफिक नियम सम्बन्धी चेतनामुलक जानकारी गराउनुका साथै र्याली तथा सचेतनात्मक पर्चा पम्पेट वितरण गयसएको थियो।







सम्बन्धित
Loading...