पप्पुले अलपत्र पारेको कमला नदीको पुल निर्माणको जिम्मा लुम्बिनी कन्ट्रक्सनले लियो

135












सिन्धुली । आठ बर्षदेखि ठेकेदारका कारण अलपत्र परेको सिन्धुलीको कमला नदीमा निर्माणधिन पुल निर्माणको जिम्मा लुम्बिनी कन्ट्रक्सनले लिएको छ । लुम्बिनीले जिम्मा पाएसँगै उक्त पुलको निर्माणको काम समेत बैशाख ५ गतेबाट सुरु भइसकेको छ ।

जिल्लाको दुधौली नगरपालिका ३ झँुगा र दुधौलीकै वडा नं. २ हत्पते जोड्ने ५४६ मिटर लामो उक्त पक्कि पुलको निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको थियो । पप्पु लुम्बिनी जेभिले ठेक्का लिएको उक्त पुलको निर्माणको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो । पप्पुले पुल निर्माण नगरी अलपत्र पारेपछि साझेदारीमा रहेको लुम्बिनी कन्ट्रक्सनले उक्त पुल सम्पन्न गर्ने जिम्मा लिएको राजधानी दैनिकमा खबर छ।


जनप्रतिनिधिहरुको अग्रसरता र दवावपछि जेभीमै काम गरेको लुम्बिनीले पप्पुलाई हटाएर काम गर्ने जिम्मा लिएको हो । पुलको पिल्लरको काम चार बर्ष अघि नै सकिएको थियो बाँकी काम हुन नसकेपछि ठेकेदार कम्पनी फेर्नु परेको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए । विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा आर्थिक बर्ष ०७२÷०७३ मै निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।



You might also like
Loading...