गलत सूचनाका कारण परीक्षा दिन बञ्चित


भैरहवा । सैनामैना नगरपालिका कौलाउनी स्थित रामापुर मावि रामापुरमा परीक्षार्थीलाई दुव्यर्वहार भएको छ ।
साविकको उच्च मावि तहको अंग्रेजी विषयको करार शिक्षकको परीक्षा दिने परीक्षार्थिलाई सहि सूचना नदिदा परिक्षार्थि परिक्षा दिनबाट बन्चित समेत भएका छन् ।
उक्त विद्यालयको फोन नं ५०५१६१ नम्बरमा फोन गरेर सोध्दा गलत सूचना दिएपछि परीक्षार्थीले मंगलबार सम्पन्न भएको परीक्षा दिनबाट बन्चित समेत भएका हुन् । गलत सूचनाको कारण परीक्षा तालिका थाहा नहुँदा परीक्षा दिन पाएनौं , सो सम्बन्धमा पछि किन यस्तो गरेको भनी सोध्दा उल्टै गाली गलौज गरेको परीक्षार्थी अशोक थापाले बताए ।
थापाले भने, ‘ म विद्यालयले परीक्षा केन्द्र तोकेको ठाउ पर्रोहा उच्च माविमा विहान ८ बजे पुगेको थिए । त्यहां १२ कक्षाको परीक्षा चलिरहेको देखेर विद्यालयको फोन नं. मा फोन गर्दा फोन उठाउनेले परीक्षाको समय नबताएको र पछि उल्टै बेफकुफ, साले जस्ता गाली गरे । त्यसपछि म बस चढेर उक्त विद्यालयमा पुगी परिक्षाको विषयमा र उक्त फोनमा बोल्ने को थियो भनि सोध्दा उल्टै अपशब्द प्रयोग गरियो । ’
थापाले आफुलाई अभद्र व्यवहार गरेकोले परीक्षा समेत नदिई फर्किएको बताए । त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कृतिपुरबाट अंग्रेजी विषयमा स्नातकोत्तर प्रथम डिभिजनमा उत्तीर्ण थापाले जागिरको सीलसीलामा धेरै ठाउ पुगेको भए तापनि यस्तो दुव्यर्वहार कतै नभएकोले आफुले जिल्ला अदालत रुपन्देहीमा गाली बेइज्जती मुद्धा हाल्ने बताएका छन् । फोन उठाएर गाली गर्ने शिक्षकको अडियो क्लिप पनि थापासंग सुरक्षित छ ।
विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले भने ‘ जे सुनियो त्यो गलत हो । उक्त कार्य गर्ने कारबाहीमा पर्छ ।’



सम्बन्धित
Loading...