धादिङको दुर्घटनामा दुई जनाको मृत्यु

137












धादिङको गल्छी गाउँपालिकामा पृथ्वी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रोबससंग ठोक्किन पुग्यो ।


त्यसपछि अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षका राज महर्जन र ३० वर्षका कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



You might also like
Loading...