दुर्घटनामा नेकपाका चार जना नेता घाईते

181












दाङ, वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी दाङका नेताहरु सवार कारलाई ट्रकले ठक्कर दिंदा चारजना नेता घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेताहरु शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन् । तर जिल्ला प्रहरी कार्यालयले अनुसार बुढाथोकी र शर्मा मात्रै घाइते भएको जानकारी दिएको छ ।


प्रहरीले बुढाथोकी र शर्मालाई उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जानकारी दिएको छ । शर्माको करणमा चोट रहेको छ भने बुढाथोकीको अनुहारमा चोट रहेपनि दुबै खतरा मुक्त रहेको प्रहरीले बताएको छ ।

नेताहरु सवार बा १८ च १२५ नम्वरको कार र विपरित दिशावाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।



You might also like
Loading...