वाएरिङ्ग गर्दा करेन्ट लागेर एकको मृत्युु
धनगढी, १८ वैशाख । कैलालीको टीकापुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । करेन्ट लागेर मृत्युु हुनेमा टीकापुर नगरपालिका ६ का छाेटु चाैधरी रहेकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चाैधरीकाे उपचारमा क्रममा मृत्युु भएकाे हाे । छिमेकीको घरमा वायरिङ गर्ने बेला चाैधरीलाई करेन्ट लागेकाे प्रहरीकाे भनाई छ ।