विप्लवका जिल्ला सदस्य कुमाल चोरमाराबाट पक्राउ
नवलपरासी । विप्लव नेतृत्वका नेकपा नवलपुरका जिल्ला सदस्य धनबहादुर कुमाल चोरमाराबाट पक्राउ परेका छन् ।
मध्यविन्दु नगरपालिका ९ वसन्तपुरमा रहेको उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको उनका पारिवारिक स्रोतले जनाएको छ । उनलाई शनिबार विहान साढे ९ बजेतिर उनकै घरबाट नियन्त्रणमा लिएको हो ।