कावासोती ३ मा कम्प्युटर र जुत्ता बुनाई तथा सिलाई तालिम शुरु


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ३ को वडा कार्यालयको आयोजनामा शनिबारदेखि कम्प्युटर तालिम तथा जुत्ता बु्नाई तथा सिलाई तालिम शुरु भएको छ ।
तालिमको शनिबार उद्घाटन गरिएको हो । तालिममा ४५/४५ जना गरी ९० जनाको सहभागिता रहने वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
तालिमका लागि ६ लाख बजेट विनियोजन गरिएको छ । कम्प्युटर तालिम एक महिनासम्म चल्ने छ भने जुत्ता सिलाई बुनाई तालिम एक सातासम्म चल्ने छ ।
तालिम उद्घाटन कार्यक्रममा कावासोती ३ का जनप्रतिनिधिहरु, महिला समूह तथा आमा समूहका प्रतिनिधिहरु, स्थानीय वन, क्लब लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







सम्बन्धित
Loading...