नवलपुरको छुट्टाछुट्टै दुई ठाउमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते
माधव अधिकारी
नवलपुर, २२ वैशाख ।
नवलपुरको छुट्टाछुट्टै दुई ठाउमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको बिनयित्रिवेणी गाउपालीका २ मा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एम एच ०४ एच एस १७८५ नं। को भारतीय ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको लु। ३२ प १७५ नं।को मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका १२ का विक्रम जिसि र पछाडी सवार सुदिप भुसाल घाइते भएका हुन् । घाइते दुवैको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । थप उपचारको लागि चितवन पठाइएको जनाइएको छ ।
यस्तै देवचुली नगरपालिका १७ झहरे खोलामा मोटर साइकल र ट्र्याक्टर एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । पूर्व बाट पश्चीम तर्फ जाँदै गरेको ना। १५ प ९९७८ नं।को मोटरसाइकल र सोही दिशाबाट आउदै गरेको ना ३ त ७६८२ न।ं को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चितवन कालिका नगरपालिका ६ का ओमनाथ उपाध्याय घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको र उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले बताए।