ट्याक्टर दुर्घटनामा दुईको ज्यान गयो


पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।



दुर्घटनामा परी चालक पाँचथरको मिक्लाजुङ–२, सराङडाँडाका २३ बर्षिय दीपक भट्टराई र इलामको माङसेबुङ गाउँपालिका–४, का सञ्जय योङहाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी तुम्बेवा गाउँपालिका–४, का बमबहादुर तुम्सा र अमृत शेर्मा घाइते भएको बताइएको छ ।




तुम्बेवा गाउँपालिका–४, साक्फाराबाट गोलिया लिएर मिक्लाजुङ गाउँपालिकाको दशमी बजारतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको पाँचथर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...