जुम्लामा अज्ञात राेगले एउटा वडा नै प्रभावित

90












शुभाकर विश्वकर्मा, जुम्ला
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मी गाउँमा पहिचान हुन नसकेको रोगका कारण गाउँले बिरामी पर्न थालेका छन् ।

अज्ञात रोगले गाउँका अधिकाश स्थानीय बिरामी पर्न थाले थालेका हुन् । सर्मी गाउँको प्रत्येक घरमा बिरामी पर्न थाले, जनता सेवक आधारभुत विद्यालय काटिया सर्मिका शिक्षक हेमराज कुँवरले भने, १–२ जना बिरामी नपरेको घर नै छैन । उनका अनुसार प्राय गाउँमा बृद्ध र बाल बालिकामा यस्तो समस्या देखिने गरेकोमा अहिले त्यहाँ युवामा बढि संक्रमण्म देखिएको छ ।


यहाँका बिरामीमा सुरुमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकि लाग्ने, खाना नरुच्ने जस्ता लक्षण देखिएको उनले बताए । जनता सेवक विद्यालयमा विद्यार्थी शिक्षक समेत बिरामी परेपछि पठनपाठन समेत प्रभावित भएको भएको छ ।

स्थानीय सुर्य बुढाले बताए अनुसार सबै उमेर समुहका व्याक्तिलाई अज्ञात रोगले सताएको छ । संगै रहेको स्वास्थय सस्था भने यस बारे बेखबर भएको प्रति उनले दुखेसो गरे ।
अन्य गाउँमा समेत संक्रमण थाल्यो
सर्मी गाउँमा देखिएको समस्या उपचार अभावका कारण अन्य गाउँमा समेत फैलिन थालेको छ । रोगले विस्तारै तातोपानी ७ का सर्मी, सुर्कि, ताम्ती र बारागाउँमा समेत असर देखिन थालेको हो ।

वडा नम्वर ७ का वडाध्यक्ष मकर बहादुर रावत स्वास्थ्य सस्थासंग समन्वय गरेर छिटो भन्दा छिटो प्रभावित क्षेत्रमा गएर उपचार गराईने बताउछन् ।

लामा बगर स्वास्थ्य चौकिका ईन्चार्ज भुपेन्द्र पाण्डेले विद्यालय र समुदायको स्वास्थय अवस्था बुझेर उपचार गरिने बताए ।



You might also like
Loading...