अरुणखोलामा मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते, चालकको साथबाट लागुऔषध बरामद

142












कावासोती । पूर्वी नवलपरासीको अरुणखोलामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोलामा बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ग ६ प ७०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पाल्पाको निस्दी गाउँपालिका ४ बस्ने ७० बर्षीय प्रेम सिंजाली मगर गम्भीर घाइते भएका हुन् ।
उनको चितनवको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेको टाउकोमा चोड लगाएको जनाएको छ ।
ठक्कर दिएर फरार मोटरसाइकल चालकलाई खोजतलास गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको साथबाट लागू औषध समेत बरामद गरेको छ ।
नवलपरासीको देवचुली नगरपालिका १६ रजहर निवासी चालक सुरज सुनारको साथबाट प्रहरीले नुफिन, सिरिन्ज, लगायतका करिब २ सय थान लागूऔषध बरामद गरेको जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।



You might also like
Loading...