विष्णु पौडेलको स्पष्टिकरण : ‘ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु’

81












रासस
काठमाडौँ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको सोमबारको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको उनले स्पष्ट पारे ।


महासचिव पौडेलले भने, ‘ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।’ उनले सरकारको नीति तथा कार्यक्रम दोहोरो अङ्कको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजनासहितको तीन खम्बे नीतिमा आधारित छ भने । महासचिव पौडेलले भने, ‘नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिनेछ, समृद्धिका लागि योगदान पु¥याउनेछ र क्षेत्रगत विकासका योजना अघि सारेको छ ।’



You might also like
Loading...