बेलायती राजपरिवारमा नयाँ राजकुमार
लण्डन । बेलायती शाही परिवारमा नयाँ सदस्यको आगमन भएको छ । डचेज अफ ससेक्स मेगन मार्केलले छोरालाई जन्म दिएकी हुन् । राजकुमार ह्यारीले मेगनले छोरालाई जन्म दिएको जानकारी दिएका छन् ।
उनले आफूहरु दुवै जना यसबाट धेरै खुसी भएको र रोमान्चित भएको बताएका छन् ।
ड्युक अफ ससेक्सले मेगन मर्केल पूर्ण रुपमा ठीक रहेको र बच्चाको नामबारे आफूहरुले सोचिरहेको बताएका छन् । बच्चाको जन्म सोमबार बिहान बेलायती समय अनुसार ५ बजेर २६ मिनेटमा भएको हो ।
बर्किंघम प्यालेसद्वारा दिइएको जानकारीमा बच्चाको तौल ३.२ किलोग्राम रहेको उल्लेख छ । ह्यारी र मेगनका छोरा नयाँ राजकुमार प्रिन्स अफ वेल्स, ड्युक अफ क्याम्ब्रिज, प्रिन्स जर्ज, प्रिन्सेस शार्लोट र प्रिन्स लुइस र प्रिन्स ह्यारीपछि शाही सिंशासनको रोलक्रममा सातौं नम्बरमा रहनेछन् ।