दुखद खबर: दुई वर्षीय बालकको हत्या


बर्दिवास । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ ।



मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि आर्यनको शव फेला परेको हो । बालकको शव देखेपछि परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए ।




शव पोस्टमार्टमको लागि पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।



सम्बन्धित
Loading...