वाइड बडी खरिद प्रतिवेदन : उपसमितिले बुझायो

305












नेपाल वायु सेवा निगमले गत वर्ष वाइड बडी जहाज खरिद गर्दा भएको अनियमिताको छानबिन गर्न संसदको अन्तर्राट्रिय सम्बन्ध समितिद्वारा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

सांसद् दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले बुधबार बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई प्रतिवेदन बुझाएको हो ।


उपसमितिका संयोजक सांसद् भट्टले समितिलाई प्रतिवेदन बुझाउँदै पाँच महिनाको अवधिमा आफूहरुले निगमका दुई वाइडबडी खरिद प्रकरण, चिनियाँ जहाज खरिद र तिनको अवस्था तथा न्यारो बडी खरिदबारे पनि छानबिन गरेको बताए।

उपसमिति संयोजक भट्टले समिति सभापति खरेललाई बुझाएपछि प्रतिवेदनको निष्कर्श वाचन गर्न खोजेका थिए । समिति सभापति खरेलले पनि प्रतिवेदनको सारांश वाचन गर्न अनुमति दिएकी थिइन् ।  तर नेकपा सांसद् भीम रावलले प्रतिवेदनको निचोड पत्रकारहरुसामू पढ्न नहुने बताएपछि त्यो काम रोकियो । उपसमितिले प्रतिवेदन त बुझायो तर त्यसमा रहेको निचोडबारे पत्रकारलाई जानकारी गराइएन ।

 



You might also like
Loading...