कावासोतीमा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा दुई जना गम्भीर घाइते


कावासोती । नवलपरासीको कावासोती नगरपालिका १७ बब्नौली चोकमा ना ५० प ४६५७ नम्बरको स्कुटर र ना २० प ६३३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटीमा सवार दुई जना घाइते भएका छन् ।
अस्थायी प्रहरी पोष्ट डण्डाका अनुसार गएराति भएको दुर्घटनामा परी स्कुटी चालक बब्नौली निवासी २२ बर्षीया तुलसी महतो र स्कुटीमा सवार ६५ बर्षीया जोगकुमारी महतो घाइते भएका छन् ।
घाइते मध्ये स्कुटी चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था अहिले सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।







सम्बन्धित
Loading...