नवलपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते


दुम्किबास । पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना ६ ख १३७८ नम्बरको ट्रक गएराति नवलपरासीको विनयी त्रिवेणी २ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक गम्भीर घाइते भएका छन् ।
मकवानपुर जिल्लाको हेटौडा १६ निवासी ३४ बर्षीय चालक ईश्वर दुलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते चालकको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । दुर्घटनामा परेको ट्रकको बडी र चेचिसको भाग छुट्टिएको छ ।
घाइतेको अवस्था उपचार पछि क्रमिक सुधार भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...