दाङमा जंगलकाे अागाे गाउँमा पस्दा १८ घरगाेठ जलेर नष्ट


दाङ, वैशाख २६ । सामुदायिक वनमा सल्किएको डढेलो बस्तिसम्म पुग्दा घोराहीमा १८ वटा घर गोठ जलेर नष्ट भएका छन् । राजपुरमा सोलारबाट भएको आगलागीले थप दुई घर गोठ जलेर नष्ट भएका छन् भने ४ वटा बाख्रा जलेर मरेका छन् । दुई दिनको अवधिमा दाङमा २० घर गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । गर्मी बढेसंगै वनमा आगलागीका घटनामा बृद्धि भएको छ ।




घोराही उपमहानगपरपालिका वडा नं. १ सिरुखर्चमा स्थानीय सल्लिकोट सामुदायिक वनमा लागेको डढेलो बस्तिसम्म फैलिदा दुई दिनमा १८ घर गोठ जलेर नष्ट भएका छन् । बुधवार बेलुकी वनको डढेलो हावाको माध्यमवाट बस्ति सम्म पुग्दा स्थानीय हेमलाल थापाको टिनले छाएको एउटा घर र फुसले छाएको गोठ, मेघराज थापाको फुसको छानोयुक्त एउटा घर र एउटा गोठ, शिवलाल थापाको फुसको छानोयुक्त एउटा घर र गोठ, देवबहादुर थापाको फुसले छाएको एउटा घर र गोठ र प्रेम थापाको फुुसले छाएको एउटा घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार उक्त आगोलागी बाट झन्डै ५१ लाख बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । आगलागी बाट मेहलाल थापाको १३ लाख बराबर,मेघराज थापाको ९ लाख बराबर, शिवलाल थापाको ८ लाख बराबर, देबबहादुर थापाको साढे ९ लाख बराबर र प्रेमबहादुर थापाको साढे ११ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै मंगलावर दिउँसो सोलारको तार सर्ट भई आगो लाग्दा थप एकजना एउटा घर र गोठ जलेर नष्ट भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं. १ पटौली नाका निवासी गगन बस्नेको घर गोठमा सोलारको तार सर्ट हुन गई आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागी बाट बस्नेतका ४ वटा बाख्रा जलेर मेरको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । त्यहाँपनि आगलागी बाट लाखौंको क्षति भएको प्रहरीले बताएको छ ।


त्यसअघि घोराहीकै सल्लिकोट सामुदायिक वनवाट मंगलवार बेलुका वनको डढेलो बस्तिसम्म पुगेपछि स्थानीय व्यक्तिका ६ वटा घर र २ वटा घर जलेर नष्ट भएका थिए । आगलागी बाट घोराही १ तल्लो माले निवासी ४२ बर्षीय चुमानसिंह विष्टको एउटा घर र गोठ, सोही ठाउँकै ६० बर्षीय गमबहादुर गमालको दुईवटा घर, ३२ बर्षीय टुकमान गममालको एउटा घर, श्यामलाल विष्टको दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए ।

मंगलवारको आगलागीवाट त्यहाँ साढे ३१ लाख बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी बाट विष्टको ६ लाख बराबर, गमबहादुर गमालको साढे ११ लाख बरावर, टुकमान गमालको ७ लाख बराबर र श्यामलाल विष्टको ७ लाख बराबरको क्षति भएको छ ।

मानविय लापरवही र बदमासीले गर्दा वन जंगलमा आगलागीको घटना बढेको भन्दै सबैले साबधानी अपनाउनुपर्ने प्रहरीले बताएको छ ।




सम्बन्धित
Loading...