नवलपरासीको पाल्हीनन्दनमा आगलागीबाट एक विगाहा उखुबाली नष्ट
रामकरण हरिजन
परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ विसुनपुरामा आगलागीबाट १ विगाहामा लगाएको उखुबाली नष्ट भएको छ । त्यसैगरी ९५ वटा लहरीपिपर जलेको छ ।
बुधबार साँझ आगलागी भएको हो । आगलागीबाट ३ लाख बराबरको क्षति भएको छ । आगो स्थानीय बासिन्दा, प्रहरी र दम्कलले नियन्त्रणमा लिएको थियो ।