गैडाकोटमा अटो र मोटरसाइकल ठक्कर खाँदा दुई घाइते

176












गैडाकोट । नवलपुरको गैंडाकोटमा अटो ट्याम्पु र मोटरसाईकल दुर्घटनाग्रस्त हुदाँ २ जना घाईते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आइरहेको ना.१.ह ६४४५ नम्बरको अटो ट्याम्पुले गैंडाकोट ५ काङ्ग्रेस चोक नजिक अचानक सडकमा घुमाउनेक्रममा सोही दिशाबाट पछि आउँदै गरेको बा.७९.प ४२०८ नम्बरको मोटरसाइकलसंग ठोक्किदा दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परि घाइते हुनेमा अटोका चालक युवराज अर्याल र मोटरसाईकलका चालक अविनाश महत्तो रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । घाईतेको अवस्था सामान्य रहेका प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त अटो र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।



You might also like
Loading...