रुकुममा प्रहरीद्वारा हवाई फायर, विप्लव कार्यकर्ता पक्राउ, एक प्रहरी घाइते

97












रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ।

रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।


पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएको खड्काको भनाइ छ।



You might also like
Loading...