कावासोतीको सवारी दुर्घटनामा दुई घाइते
कावासोती । कावासोतीमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
कावासोतीको थकाली चोकमा राति बा १४ च ८०५२ नम्बरको पिक अप भ्यानले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अर्जुन रानाभाटका अनुसार दुर्घटनामा परी कावासोती ३ बस्ने बुद्धबहादुर गुरुङको टाउकोमा चोट लागेको छ भने अर्का २४द बर्षीय अविशेक परियार पनि घाइते भएका छन् ।
घाइतेहरुको चितवनमा उपचार भईरहेको छ ।