जंगलको आगो गाउँ पस्दा गैडाकोटमा एक घर नष्ट
कावासोती । पूर्वी नवलपरासीको गैडाकोटमा आइतबार साँझ आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
गैडाकोट ३ ढोडेनीको जंगलमा लागेको आगो गाउँमा पस्दा जंगल नजिकै रहेको टोलनाथ आयर्चाको एक तले नष्ट भएको प्रहरीले जनाएको छ । घर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
घरसँगै रहेको ५ वटा बाख्रा पनि जलेको छ । घटनामा मानवीय क्षति नभएको र दमकल, प्रहरीको टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो राति साढे ८ बजेतिर नियन्त्रणमा आएको थियो ।