समुदायको सुरक्षाका लागि कार्यक्रम प्रभावकारी नभएको गुनासो

111








कावासोती । समुदायको सुरक्षाका लागि प्रहरीले विभिन्न सुरक्षाका कार्यक्रमहरु ल्याए पनि समुदायसम्म त्यसको प्रभाव पर्न नसकेको समुदायले नै गुनासो गरेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले आइतवार देवचुली १६ रजहरमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा समुदायले प्रहरीलाई सुझाव दिदै अझै पनि समुदायमा विभिन्न साना ठुला अपराधिक घटना न्युनिकरण हुन नसकेको बताए ।




देवचुली नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष , प्रहरी प्रमुख लगाएतको सहभागिता रहेको उक्त नागरिक सुनुवाई कार्यक्रममा समाजमा अझै पनि विभिन्न शिर्षकमा अपराधिक घटना घट्ने भए पनि यसको न्युनिकरण भने हुन नसकेको समुदायले प्रहरीलाई जानकारी गराए ।

देवचुली नगरपालिका वडा नम्बर २ का स्थानिय यमनाथ बास्ताकोटिले समुदायमा अझै पनि विभिन्न विकृतीहरु धेरै रहेकोले यसमा प्रहरीले समुदाय संग मिलेर विकृतीलाई हटाउन तर्फ लाग्नु पर्ने सुझाव दिए। उनले मदिरा जन्य वस्तुको प्रयोगमा विशेष ध्यान दिन प्रहरीलाई जानकारी गराए ।

यस्तै सुनुवाई कार्यक्रममा देवचुली नगरपालिका १६का हुमनाथ तिवारीले पनि समुदायमा प्रहरीको निग्रानी बढाउनु पर्ने सुझाव दिए। समुदायमा रहेका युवाहरु विभिन्न कुलतमा फस्ने क्रम बढ्दो रहेको बताउदै युवाहरुलाई यस्ता कुलतबाट बचाउन पनि समुदायमा प्रहरीले विषेश भुमिका खेल्नु पर्ने बताए ।

अहिले ग्रामिण क्षेत्रमा लेनदेनको विषयमा पनि विवाद आउन थालेको समुदायको गुनासो थियो ।

समुदायमा विभिन्न अवैध सहकारीहरु स्थापना भएको र उक्त सहकारीमा स्थानियलाई आबद्ध हुन बाध्य बनाइने आबद्ध भए पश्चात लगानि गर्दे जादा सहकारी भागेको अवस्थाले लुटका कृयाकलाप पनि बढ्दै जानथालेको भन्दैे यस्ता विषयमा पनि प्रहरीले विशेष निगरानी राख्नु पर्ने बताए । नगरिक सुनुवाईमा उठेका प्रश्न र जिज्ञासाको उत्तर जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले दिए । समुदायमा सहकार्य गरेर प्रहरी अघि बढि रहेको हुदा समुदायको जानकारीका आधारमा समुदायमा हुने जस्तो सुकै आपराधिक घटना न्युनिकरण गर्न तयार रहेको बताए । समुदायको सुरक्षाका लागि तयनाथ रहेको प्रहरीले हरसम्भव सुरक्षा प्रदान गर्ने समेत जानकारी दिए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासी बर्दघाट सुस्ता पुर्वका प्रमुख युवराज भण्डारीले अरु जिल्लाको तुलनामा बढि सवारी दुर्घटना हुने नवलपुरमा दुर्घटना न्युनिकरणका लागि समुदाय संग साझेदारी गरि अघि बढेको बताए ।

सवारी दुर्घटना न्युनिकरणका लागि सवारी चालक र यात्रुले पनि ट्राफिक नियमको पालन गर्ने हो भने दुर्घटना न्युनिकरण हुने बताए । उनले समुदायको मद्दतले पनि सवारी दुर्घटना न्यसनिकरण गर्न सकिने भन्दै समुदायले पनि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले प्रहरीले गर्ने सुरक्षा कार्यक्रमा नगरपालिकाले पनि सहकार्य गर्ने बताए ।



You might also like
Loading...