तनहुँमा १२ बर्षीया बालिका बलात्कृत
तनहुँ जिल्लाको धिरिङ गाउँपालिका-४ की १२ बर्षीया एक बालिका बलात्कृत भएकी छन् । बलात्कार गर्ने सोही स्थानका २५ बर्षीय माधव कुमाल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।
खानेकुरा दिन्छु भन्दै ललाईफकाई गरी बालिकालाई घरमा लगि बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख सिलवालले वबताए ।
बलात्कार गर्ने ती युवकलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिई जवरजस्ती करणी ऐन सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप पश्चात् थुनामा राखि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँका नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।