फ्रान्सका नेपालीहरुले क्यान्सर रोगी श्रीनाथको उपचारार्थ आर्थिक सहयोग

118








फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरुको तर्फबाट घाँटीको क्यान्सरबाट पीडित वामपन्थी नेता श्रीनाथ अधिकारी ‘क. श्याम’ को उपचारार्थ बाह्र हजार तीनशय रुपैया हस्तान्तरण गरिएको छ । अधिकारीको उपचारार्थ संकलित रकम शोभा गजुरेल मार्फत् ‘श्रीनाथ अधिकारी स्वास्थ्योपचार सहयोग समिति’का संयोजक दिनेश शर्मालाई हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा निरन्तर लाग्दै र नेतृत्व गर्दै आउनु भएका अधिकारी हाल रोगका विरुद्ध संघर्ष गरिरहनु भएको छ । उहाँले आफ्ना व्यक्तिगत कामहरु आफैले गर्ने र अझैं केही वर्ष बाँचेर नेपालको परिवर्तनमा केही थप योगदान पुर्याउने आशा व्यक्त गरिरहनु भएको छ ।






You might also like
Loading...