१३औं सागको लोगो र मस्कट सार्वजनिक

163








नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट सार्वजनिक भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सिंहदरबारस्थित खेलकुद मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका सदस्यसचिव केशवकुमार विष्ट र राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष माधव ढुंगेलको उपस्थितिमा लोगो र मस्कट सार्वजनिक गरिएको हो । १३औं साग २०१९ को डिसेम्बर १ देखि १० लाई तय भएको छ ।

एनओसी अध्यक्ष श्रेष्ठ संयोजक रहेको लोगो छनोट समितिले प्राप्त ६ लोगोमध्ये विराटनगरका भोलानाथ पौड्यालले तयार गरेको लोगोलाई छनोट गरिएका श्रेष्ठले बताए । लोगोको पुरस्कार १ लाख रुपैयाँ रहेको छ । कृष्णसारलाई मस्कटका रूपमा प्रयोग गरिने भएको श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा १३औं सागका लागि प्राविधिक उपसमिति र बजेट निर्माण कार्यदल गठन गरिएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।






You might also like
Loading...