प्रदेश सांसदलाई २ करोड दिन माग

72








प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरे ।

बुधबार हरेक सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु भयो । तर, प्रदेश २ का सांसदहरु यत्तिमै खुशी छैनन् । सबै सांसदलाई २ करोड बराबरको योजना दिनुपर्ने माग उनीहरुले गरेका छन् ।




बजेट खर्च गर्ने विधि र अनुगमन प्रणाली प्रष्ट नभएको भन्दै सांसदलाई बजेट दिने कार्यको कतिपयले विरोध गर्ने गरेका छन् । विकासको नाममा दिइने त्यस्तो बजेट विकासको काम कम र कार्यकर्तालाई बाँड्ने बढी हुने गरेको भन्दै सांसदको आलोचना हुने गरेको छ ।



You might also like
Loading...