२ महिनाकी छोरी हत्या गर्ने आमा पक्राउ

86








गुल्मी । २ महिनाकी छोरीको हत्या गरेको आरोपमा गुल्मी प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ ।

गुल्मी दरबार गाउँपालिका-४ की ३५ वषर्ीय जुना बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी २ महिने छोरी विष्णु बक बिहीबार साँझ मृत फेला परेकी थिइन् ।




आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । पक्राउ परेकी आमा जुनामाथि अनुसन्धान सुरु गरिएको डीएसपी मिन घलेले बताए ।

शिशुुको कानमा अलिकती चोट रहेको र अन्य कुनै ठाउँमा चोट नभएको प्रहरीले जनाएको छ । शिशुको शब पोष्टमार्टम र आमाको बयानबाट थप कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ ।

शिशुको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।



You might also like
Loading...