(अपडेट) त्रिशूली बस दुर्घटनामा मर्नेको संख्या पाँच पुग्यो, तीनको सनाखत
काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेका अनससार, मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत हुन बाँकी छ ।
ना७ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।