कावासोती ५ मिलनघरमा बुद्ध जयन्ती कार्यक्रम
फुँ ताँ स्वौं (संविधान दिवस) एवं २५६३ औं बुद्ध जयन्तीको पावन अवसरमा कावासोती ५ मा रहेको पेमा साम्डुब छ्योइलिङ्ग गुम्बामा माने खोरलो (मणि चक्र) को शिलान्यास गरिएको छ । प्रमुख अतिथि समेत रहनु भएका कावासोती वडा नं. ५ का वडाध्यक्ष हरि प्रसाद बास्तोलाले मणि चत्रको शिलान्यास गर्नुभएको हो ।
तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद कावासोती इकाईको आयोजनामा गरिएको शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष सुबेदार तेज बहादुर गुरुङको अध्यक्षता रहेको थियो ।
यस अघि शनिवार विहान संस्थाले बाजागाजा सहित १०८ बौद्ध ग्रन्थ त्रिपिटकको साथमा ¥याली निकालेको थियो । गुम्बा परिसरबाट शुरु भएको ¥यालीले कावासोतीको फलफुल चोकको अंहिसा बुद्ध पार्क परिक्रमा गरी सभापति चोक हुँदै पुनः गुम्बा परिसरमा गएर कार्यक्रम गरिएको थियो ।
यस कार्यक्रममा तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य दुर्गा बहादुर गुरुङ, तमू ह्युल छोंज धीं ४ नं. प्रदेशका उपाध्यक्ष बुद्धि बहादुर गुरुङ, केन्द्रिय अनुगमन समिति सदस्य खगिसरा गुरुङ, तमूस्यो ह्युलका जिल्ला अध्यक्ष चन्द्र कुमारी गुरुङ, गुम्बा अध्यक्ष क्या. काशिराम गुरुङ, आचार्य लामा गुरु संजिव गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । तमू ह्युला छोंज धींका जिल्ला सदस्य जंग बहादुर गुरुङको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कावासोती इकाईका उपाध्यक्ष यो बहादुर गुरुङले गर्नुभएको थियो ।
साथै यस बुद्ध पुर्णिमाको अवसरमा घाँटु नाचको कार्यक्रम पनि रहेको थियो ।