प्रथम जटायु कप क्रीकेट प्रतियोगिताको तयारी तिब्र


बिजय चालिसे



जेठ, ०६, कावासोती । नवलपुरको कावासोतिमा हुने प्रथम जटायु कप क्रीकेट प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ । जटायु रेस्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवं जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रीकेट सङ्घको समन्वयमा जेठ १० गतेदेखी हुन लागेको प्रतियिगिताको तयारी तिब्र पारिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउदै आयोजक जटायु रेस्टुरेन्ट ब्यबस्थापन समितिका अध्यक्ष डिबि चौधरीले बिश्वमै लोप हुँदै गैरहेको दुर्लभ गिद्द सरक्षणमा प्रतियोगिताले थप टेपा पुग्ने बिश्वास लिईएको बताउनुभयो । उहाले दिगो जैबिक बिबिधता सरक्षण तथा पर्यापर्यटनको बिकासमा युबाको सहभागिता बढाउन एवं गुणस्तरीय खेलाडी उत्पादन गरि जिल्ला, प्रदेश र सङ्घिय स्तरसम्म सहभागिता सुनिस्चित गराउन पनि प्रतियोगिता महत्वपूर्ण साबित हुने बताउनुभयो । जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा कावासोती नगरपालिकाका सबै १७ वटै वडाहरुको सहभागिता रहने सयोजक चौधरिले जानकारी दिनुभयो । टि ट्वान्टी फर्म्याटमा खेलाईने खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नवलपुर क्रीकेट सङ्घका अध्यक्ष प्रकाश पौडेलले नवलपुरमा पनि क्रीकेटको राम्रो सम्भावना भएको भन्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा थप मद्दत पुग्ने बताउनुभयो । त्यस्तै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसिले खेलकुदको माध्यमबाट स्थानिय स्तरको बिकास गर्न सकिने भन्दै आयोजक प्रती धन्यवाद व्यक्त गर्नुभयो । उहाले प्रतियोगितालाई खेलकुद बिकास समितिले पुर्ण सहयोग गर्ने बताउनुभयो । खेलकुद बिकास समितिसङ्ग समन्वय गरि अगाडि बढे यस किसिमका प्रतियोगितालाई जिल्ला स्तरमा रुपान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का अध्यक्ष बिनोद राना, विभिन्न सामुदायिक बनका अध्यक्ष एवं प्रतिनिधि, सरक्षणकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...